६ कार्तिक २०८३, शुक्रबार

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।

नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताउनुभयो ।

भीमटारको १९५ घरमा पुग्यो पानीको धारा

काठमाडौँ, १२ चैत । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ । रु ३७ लाखको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएका छन् भन्नुभयो ।–रासस