पाल्पा, ९ बैशाख । पाल्पा जिल्लामा मापसे गरी सवारी चलाउनेको संख्या आर्थिक बर्ष २०७०/७१ मा भन्दा ७१/७२ मा बढदो अवस्थामा रहेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७० साउनदेखि ७१ असारसम्म मापसे गरी सवारी चलाउनेको संख्या जम्मा १२९ जना मात्र रहेको र आर्थिक बर्ष २०७१/७२ को दोस्रो चौमासिकसम्म ८ महिनामा मापसे गरि चलाउनेको संख्या १६४ रहेको छ ।
यसरी तथ्यांक हेर्दा पनि मापसे गर्नेहरुको संख्या बढदो पाइन्छ । यसैबीच ट्राफिक कार्यालयले आर्थिक बर्ष ०७१/७२ को दास्रो चौमासिकसम्म मापसेबाट १ लाख ६४ हजार राजस्व उठाउँन सफल भएको छ । प्रहरीले बिभिन्न स्थानमा मापसे चेकजाँच गरेर बिभिन्न सवारी साधनबाट उक्त रकम उठाएको हो ।















प्रतिक्रिया