
काठमाडौँ, ११ चैत । चलचित्र ‘चिसो मान्छे’को टिजर आज सार्वजनिक भएको छ। आमा, पशुपति प्रसादलगायत फिल्म बनाएका दीपेन्द्र के खनालको निर्देशन र कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभियन छ।
स्वस्तिमा ‘चिसो मान्छे’मा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन्। फिल्मले नेपाली समाजको कथा बोल्ने बताइएको छ। फिल्मको अधिकांश छायांकन बाजुरा जिल्लामा गरिएको हो।
फिल्म असार ३ गते प्रदर्शनमा आउनेछ। यसअघि वैशाख ३० मा रिलिज गर्ने भनिएको फिल्म स्थानीय तह निर्वाचनका कारण असारमा सारिएको हो।












प्रतिक्रिया