१३ कार्तिक २०८३, शुक्रबार

भन्सार छलि ल्याइएको १८ लाख बढीको मोबाइलका विभिन्न पार्टपूर्जा र कपडासहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नवलपरासी(पूर्व), ११ चैत । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु.१ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार प्रतापपुर गाउँपालिका–६ बस्ने राजकुमार गुप्ता तेली समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी (पश्‍चिम) पठाइएको छ ।