६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकको शाखा चितवनको टाँडीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्डको सद्भावना दुत मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा. केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल र विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यावसायिक विकासमा टेवा पुर्‍याएकोमा शुभकामना व्यक्त गरे ।

त्यसैगरी, बैंकका सञ्चालक डा. केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशभर १२६ वटा कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा छन् ।