१३ कार्तिक २०८३, शुक्रबार

एमालेको कान्छो संगठन विस्तार अभियानमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० चैत । नेकपा (एमाले)को कान्छो जनसंगठन रिटनी फेडेरेसन नेपालले संगठन विस्तार अभियानलाई जिल्लाव्यापी बनाउने तयारी थालेको छ ।

विदेशबाट फर्किएका युवाहरुलाई संगठित गर्ने अभियानअन्र्तगत एमालेले रिटनी फेडेरेसन नेपाल गठन गरेको थियो ।

फेडेरेसनका केन्द्रीय अध्यक्ष चन्द्र रोका लगायतको टोलीले नेकपा (एमाले) बागलुङको टोलीसँग छलफल गरी संगठन विस्तार अभियानका बारेमा जानकारी गराएको थियो ।

छलफलमा अध्यक्ष रोकाले बैदेशिक रोजगारी काक्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भई पार्टीका लागि योगदान गरी स्वेदश फर्कीएकाहरुलाई राजनीतिक योगदानको निरन्तरताका निम्ती गोलबद्ध गर्ने अभियानमा संगठन लागेको बताए ।

नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले पार्टी जनसंगठनको संगठन विस्तारलगायतका गतिविधिलाई सक्रिय बनाउनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘एमालेका जनसंगठन एमाले निर्माणको मुख्य आधार हुन, यी संगठनको निर्माण, परिचालन, प्रशिक्षण लगायतका गतिविधिमा पार्टीको पूर्ण साथ र सहयोग रहन्छ’, केसीले भने ।