१ कार्तिक २०८३, आइतबार

पल शाहविरुद्धको थुनछेक आदेश आजै आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । अभिनेता पल शाहविरुद्धको नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगको मुद्दामा थुनछेक बहस सकिएको छ ।

बहस सकिएसँगै आजै थुनछेकको आदेश आउने अदालतले जनाएको छ ।

पीडित पक्षको तर्फबाट सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेका थिए ।

बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो ।