१३ कार्तिक २०८३, शुक्रबार

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उहाँले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री डा मिनेन्द्र रिजाललगायतले मन्तव्य राख्नुभएको थियो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनताको भावनालाई बुझेर गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । रु तीन करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु गरिएको थियो । तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालेको थियो । –रासस