४ कार्तिक २०८३, बुधबार

भारतमा बेचिएकी चेली भन्छिन्-‘उसले मेरो यौन शोषण गर्दै बेच्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ९ वैसाख । झण्डै पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ ।

अर्घाखाँचीको धारापानी–६ की १४ वर्षीया किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृहले भारतबाट उद्धार गरेर अर्घाखाँची ल्याएको हो ।

गत २०७१ मङ्सिर ८ गते गाँउकै ठूलो दिदी पर्नेले मासिक रु १२ हजारको जागिर लगाइदिने भन्दै ललाइफकाइ ठाडा–५ का सुनिल नेपाली र उनकी श्रीमती अस्मीता नेपालीसँग भारत पठाएकी थिइन् । सुनिलले किशोरीलाई आफ्नो बहिनी भएको बहाना बनाएर नेपालगन्जबाट भारतको हिमाञ्चल प्रदेश लगेर बेचेका थिए ।

किशोरीले आफूलाई घरेलु कामदारका रुपमा काम लगाइएको र सुनिलले पनि पटकपटक यौन दुव्र्यवहारको प्रयास गरेको बताइन् । किशोरीलाई भारतको हिमाञ्चल प्रदेशको किन्नुर जिल्लाबाट उद्धार गरिएको हो ।

यसैबीच, पीडित किशोरीका बुबाले आफ्नी छोरी बेच्नेविरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने र जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ । रासस