२ कार्तिक २०८३, सोमबार

रुसी आक्रमणको एक महिना : युद्दविरुद्ध विश्वव्यापी र्‍याली निकाल्न युक्रेनी राष्ट्रपतिको अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसियाले युक्रेनमाथि हमला सुरु गरेको आज एक महिना भएको छ । निरन्तरको आक्रमणका कारण युक्रेनले हालसम्म ठुलो क्षती व्यहोरेको छ भने ३५ लाख भन्दा बढी मानिस विस्थापित भईसकेको बीबीसीले जनाइएको छ ।

एकमहिनाको अवधिमा पटक–पटक वार्ताका प्रयास भएतापनि केही ठोष सहमति हुन नसक्दा युद्द अझै कहिलेसम्म लम्बिने हो भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिने अवस्था छैन ।

युद्दको सुरु भएको एक महिना अर्थात आज बिहीबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्दको विरोधमा विश्वव्यापी र्‍याली निकाल्न अपिल गरेका छन् ।

जेलेन्स्कीले बिहिबार एक भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । रुसले सुरु गरेको युद्द युक्रेन विरुद्दको युद्दमात्र नभई समग्र विश्वको स्वतन्त्रता विरुद्दको युद्द भएको कारण विश्वव्यापी रुपमामा यस्को विरोध हुनुपर्ने जेलेन्स्कीको भनाई छ ।

‘रुसको यो युद्ध युक्रेनविरुद्धको मात्र होइन। यसको निकै ठूलो अर्थ छ, रुसले स्वतन्त्रताविरुद्धको युद्ध सुरु गरेको थियो। यो रुसको लागि केवल सुरुवात हो। रुस समग्र युरोप तथा समग्र विश्वको स्वतन्त्रतालाई पराजित गर्ने प्रयासमा छ।’ उनले भने । –एजेन्सी