१४ कार्तिक २०८३, शनिबार

सीके राउतको जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० चैत । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा ३२ जिल्लामा चुनाव लड्ने भएको छ ।

पहिलोपटक चुनावमा भाग लिन लागेको जनमत पार्टीले आफ्ना चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।

निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकको नियमित आयोजना गर्न थालेका छन् ।

पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने योजना बनाएको छ ।

पार्टीले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।