
काठमाडौँ, १० चैत । काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बा. ९२ प २३१ नम्बरको मोटरसाइकललाई ना. १ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् ।












प्रतिक्रिया