
काठमाडौँ, १० चैत । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यो हिजो बुधबारको तुलनामा ११ सय रुपैयाँले बढी हो ।















प्रतिक्रिया