१ कार्तिक २०८३, आइतबार

नेपालले साँझ ५ः४५ बजे थाइल्यान्डसँग खेल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने छ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा दुवैमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो ।

आज हुने थाइल्यान्डसँगको खेलपछि नेपालले चैत १३ गते थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।