६ कार्तिक २०८३, शुक्रबार

डिजिटल इकोसिस्टमको विकासका लागि पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुशन प्रालिका सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकाल र आइटी प्रमुख कमल प्रसाद अर्यालले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब गरिमा विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने छन् । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो । जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरू, पीएस्पीहरू रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश बैंक तथा अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरी रहेको जनाएको छ ।