६ कार्तिक २०८३, शुक्रबार

विदेशी विनिमयमा अवस्था चिन्ताजनक छः उद्यमी केडिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ चैत । सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले परिवर्त्य विदेशी विनिमय घटिरहनु राज्यका लागि चुनौती भएको बताएका छन् ।

वुधबार विराटनगरमा सिद्धार्थको शाखाको नयाँ भवनको उद्घाटन समारोहमा उनले अब अर्थतन्त्रका लागि सरकारले धेरै सुझबुझ पुर्याउनुपर्ने उल्लेख गरे ।

केडियाले नेपालले आयातमुखी प्रवृत्ति र परनिर्भरता घटाएर निर्यातमुखी अर्थतन्त्रको विकास नगरेसम्म विदेशी विनिमयमा संकट आइरहने बताए। अहिले भइरहेको तरलताको अभाव चुनावपछि सरकारको स्थिरतासँगै अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

केडियाले वर्तमानमा नागरिकहरुको शेयर बजारमा विश्वास बढेको बताए । यसमा नियामक निकाय नेपाल राष्ट्र बैंकको पनि मुख्य भूमिका रहेको उनको भनाइ छ ।

’सेयर बजार भनेको देशको अर्थतन्त्रको परिसूचक हो,’ उनले भने, ’यसको मूल्य माग र आपूर्तिमा भर पर्छ। माग धेरै भए मूल्यवृद्धि हुन्छ र आपूर्ति धेरै भए घट्छ । अर्थशास्त्रको सामान्य सिद्धान्त पनि यही हो ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुन्दरप्रसाद कँडेल २० वर्षअघि २००२ डिसेम्बर २५ का दिन सिद्धार्थ देशको १७ औं वाणिज्य बैंकका रूपमा स्थापना भएको सुनाए। बैंकका देशभरिमा १९० भन्दा बढी शाखा र ११५ भन्दा बढी ब्रान्चलेस बैंकिङ भएको उनले बताए ।

कँडेलले प्रदेश नम्बर १ मा ताप्लेजुङदेखि नाम्चे बजारसम्म ३० वटा शाखा भएको बताए ।

विराटनगरमा बैंकको निक्षेप साढे ३ अर्ब र कर्जा प्रवाह साढे ८ अर्ब भएको तथ्यांक प्रस्तुत गर्दै बाँकी ५ अर्ब अन्य स्थानको निक्षेपबाट व्यवस्थापन गरिएको सूचित गरे।

उनले बैंकले अहिले ७० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट गरिरहेको दाबी गरे ।

कँडेलको भने, ’समग्र अर्थतन्त्रलाई कसरी प्रविधिमैत्री बनाउने भन्ने विचार आएका बेला हामीले ७० प्रतिशतभन्दा बढी काम प्रविधिबाटै गरिरहेका छौं। प्रविधिका प्रयोगमा सुरक्षाको पाटो पनि उस्तै हुन्छ। हामीले प्रविधिसँगसँगै सेवा र सुविधालाई सुरक्षित र विश्वासिलो बनाउन प्रशस्त मेहनत गरेका छौं। हाम्रा प्रविधि सुरक्षित र भरपर्दा छन् ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक मीना पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरे र उद्योगी सुरेशकुमार शर्माले आआफ्ना धारणा प्रकट गरेका थिए ।