ललितपुर, ९ वैशाख । आज बिहान ललितपुरको जावलाखेलमा मिनिबस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा २१ यात्रु घाइते भएका छन् ।
करिब ७ः३० बजे भैँसीपाटीबाट आइरहेको बा२ख ३५० नम्बरको मिनिबसले सडकमा गुडिरहेको साइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सोही दिशाबाट आइरहेको बा४२प ७१८३ नम्बरको मोटरसाइकलमा ठोक्किएर सो दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताउनुभयो ।
घाइतेको जावलाखेलस्थित अल्का अस्पताल र लगनखेलस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइते यात्रुमध्ये केहीको अवस्था गम्भीर रहेको परिसरका प्रवक्ता सिंहले बताउनुभयो ।















प्रतिक्रिया