४ कार्तिक २०८३, बुधबार

पशुपति दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस धादिङमा दुर्घटना, ६ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । धादिङको झ्याप्रेखोलामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

भारतीय नम्बर प्लेटको बस आज बिहान नागढुंगा नजिकै दुर्घटनामा पर्दा ६ जनाको ज्यान गएको हो । थुप्रै घाइते भएका छन् ।

प्रहरीका अनुसार, बस सडकबाट १०० मिटर तल खसेको छ । बसमा काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेका ५१ जना यात्रु थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोलीले यतिबेला घटनास्थलमा उद्दार कार्य जारी राखेको छ ।