१ कार्तिक २०८३, आइतबार

फिफा विश्वकपको ‘ड्र’ अर्को साता, कहिले हुन्छन् अन्तरमहादेशीय छनोटका खेलहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्को साता हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आगामी १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा हिजो मंगलबार गरेको हो ।

विश्वकप खेल्ने ३२ वटा टोलीमध्ये २८ वटा टोलीलाई चारमध्ये एक पटमा राखिने छ । कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुने छ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ ।

१६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहने छन् ।

अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुने छ । जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्ने छ ।