
काठमाडौं, ९ चैत । आफ्नो ग्राहकलाई उत्कृष्ट सेवा तथा बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप बैंक अफ काठमाण्डूले हेल्पपाइन सेवाको शुरूवात गरेको छ ।
बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्नका लागि हेल्पलाइन स्थापना गरेको छ । यस हेल्पलाइन सेवा अन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा ई–मेलको माध्यमबाट सहयोग लिन सक्ने छन् ।
बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’, इन्टरनेट बैंकिङ्ग ‘बीओके क्लिक’, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओएसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकहरूले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा ई–मेल ठेगाना [email protected] बाट सिधै सहयोग लिन सक्नने छन् ।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाइन सेवाले ग्राहक महानुभावको बैंकिङ्ग कारोबार तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डूले ९७ वटा शाखा कार्यालय, ८७ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।















प्रतिक्रिया