२ कार्तिक २०८३, सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बुद्ध भारतको हो’ भनेपछि नेपालगञ्जमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-buddhaनेपालगन्ज, ९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गौतम बुद्ध भारतमा जन्मिएको’ भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा विरोध प्रर्दशन भएकोे छ। नेपालगन्ज उपमहानगरपालिका राँझास्थित स्थानीय बासिन्दाले स्वतःस्फुर्त रुपमा प्रर्दशन गरेका हुन्।
मोदीले महात्मा गान्धी र गौतमबुद्ध जन्मेको देश भारत हो भन्दै भारतलाई राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यता दिइनु पर्ने बताएको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।’बुद्ध नेपालमा जन्मिएका हुन् भारतमा होइन’ भन्ने ब्यानर र प्लेकार्ड बोकेका युवा, बालबालिका तथा बृद्धबृद्धाले विभिन्न भागको परिक्रमा गरेका थिए।

buddha-modiस्थानीय महिला अगुवा माया गुरुङका अनुसार बिरोध प्रर्दशनमा सहभागिले नरेन्द्र मोदीको चर्को आलोचना गरेका थिए। पहिलो पटक नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्ध र सगरमाथाको देश नेपाल भन्दै प्रशंसा गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।