
काठमाडौ १६ जेठ । शुक्रवार देखि शुरु भएको व्यवस्थापिका संसदको बैठकमा अवरोध भएको छ ।
विपक्षी दलहरु एमाओवादी र राप्रपा नेपालले बजेट अधिवेशन सुरु भएकै दिन व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् ।
संसदको बैठक सुरु हुनासाथ राप्रपा नेपालका सभासदहरुले विरोध गरेका थिए । सभामुख सुवास नेम्वाङले रुलिङ गर्दै बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।
लगतै एमाओवादीले संविधानसभा निर्वाचनबारे छानविन गर्ने सहमति कार्यान्वयनको माग गर्दै संसद बैठक अवरुद्ध गरेका छन् । माओवादीको अवरोधपछि संसद बैठक ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ ।















प्रतिक्रिया