७ कार्तिक २०८३, शनिबार

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले के भनिन्?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। डा. बाबुराम भट्टराईले नयाँ शक्ति जनता समाजवादी पार्टीमा विलय गराएपछि केही समय राजनीतिक रुपमा निस्क्रिय रहेकी उनले एमाले रोज्नुको चार कारण बताएकी छन्।

‘म किन एमालेमा आएँ भन्ने प्रश्न धेरेमा हुनसक्छ। यसका खास कारण छन्’, उनले भनिन्,‘एउटा कार्यकर्ता भएर काम गर्छु, जिम्मेवारी जे पाउँछु त्यो पनि पूरा गर्छु।’

एमालेलाई रोज्नुको पहिलो कारणचाहिँ अध्यक्ष केपी शर्मा ओली रहेको मानन्धरको भनाई थियो। उनले ओलीमा अठोट, नेतृत्वको क्षमता, राजनीतिक रुपमा सपनाहरू देखाएर कार्यान्वयन गर्न सक्ने सामथ्र्य र आत्मबल एमालेमा जोडिनुपर्ने कारण रहेको बताइन्।

एमालेको सांगठनिक ढाँचा, नेताहरूमा रहेको राजनीतिक संस्कार, प्रमुख प्रतिपक्षी हुँदाको भूमिका र त्यसको प्रस्तुती पनि एमालेको परिवारभित्र छिर्न मद्दत गर्ने अर्को कारण रहेको अभिनेत्री मानन्धरको भनाई थियो।

आफू विभिन्न कार्यक्रममा जाँदा पार्टी र एमालेभन्दा बाहेकका दलका नेता कार्यकर्ताले पनि अध्यक्ष ओलीको प्रशंशा गरेको, एमालेको भूमिकाको गुणगान गाएका कारण यो पार्टी नै मुलुकका लागि आशा रहेको अभिनेत्री मानन्धरले रोज्नुको तेस्रो कारण बनेको हो। उनले भनिन्,‘पोखरालगायतका विभिन्न ठाउँका कलाकर्मका कार्यक्रममा जाँदा मैले अध्यक्ष ओलीको प्रशंशा विभिन्न क्षेत्रका मानिसबाट सुनेकी थिएँ। त्यसले मलाई प्रेरित गरेको छ।’