६ कार्तिक २०८३, शुक्रबार

फ्ल्यागशिप क्यामेरा र अग्रणी लाइट सिफ्ट डिजाइन भएको रियलमी ९ प्रोे+ ५जी नेपालमा सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ८ चैत । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५ जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ । साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।

युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जीको बारेमा रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठ भन्छन्, “रियलमीको नम्बर सिरिज नेपाल सहित विश्वभरिका प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । हामीले विश्वभरि ४ करोड नम्बर सिरिजका स्मार्टफोनहरु वितरण गरिसकेका छौं र यो उपलब्धी हासिल गर्न यस पछाडि रहेको हाम्रो नवीन प्रयोग प्रतिको हाम्रो प्रतिबद्धता नै मुख्य कारक हो । रियलमी ९ प्रोे+ ५जीको साथमा हामी नम्बर सिरिजलाई अझ विस्तार गर्नेछौं र केही हदसम्म प्रिमियम सुविधाहरु लिएर आउनेछौं । यस स्मार्टफोनमा ५जी प्रोसेसरका साथै आकर्षक क्यामेराहरु रहेका छन् । हामीलाई विश्वास छ यस स्मार्टफोनबाट प्रयोगकर्ताहरुले भिन्न अनुभव गर्नुहुनेछ ।”

“नेपालको ५जी बजारमा रियलमी अग्रणी स्थानमा रहेर आफ्ना उत्पादनहरु मार्फत नवीन सुविधाहरु सहित आकर्षक प्रदर्शन गर्दै आएको छ । मिडिया टेक डाइमेनसिटी ९२० भएको रियलमी ९ प्रोे+ ५जीमा बजार निर्देशित गर्ने सुविधाहरु रहेको यस स्मार्टफोनबाट हामीलाई धेरै आशा रहेको छ । अप्टिकल इमेज स्टेबिलाइजेसन, सुपरचार्जिङ, लाइट सिफ्ट डिजाइन र हार्ट–रेट सेन्सरहरु प्रदान गर्ने यस स्मार्टफोनले देशभरिका ग्राहकहरुका लागि ५जीको अनुभव प्रदान गर्न तयार रहेको छ,”मेडियाटेक इन्डियाकी प्रबन्ध निर्देशक अंकु जैनले भने ।

“२०२२ स्मार्टफोन बजारको लागि परिवर्तनकारी हुनेमा हामी विश्वस्त छौं र ५जी चाँडै नै लन्च हुने अपेक्षा राखेका छौं । र मेडियाटेक परिवारको मिडिया टेक डाइमेनसिटी ५ जी चिपहरुको साथ उत्कृष्ट भिजुअल देखि हाइटेक गेमिङसम्ममा यस खण्डमा अग्रणी बन्न तयार रहेका छौं ।”

रियलमी ९ प्रोे+ ५जीले उद्योग–अग्रणी लाइट शिफ्ट डिजाइन फिचर गर्दछ, जसले स्मार्टफोनको पछाडि रंग परिवर्तन गर्ने प्रभाव दिन्छ । यसमा डाइलामिक रेम एक्स्पान्सन प्रविधि पनि रहेको छ । यसमा ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर लगायत अरु थुप्रै आकर्षक सुविधाहरु पनि रहेको छ र एन्ड्रोइड १२ मा आधारित रियलमी युआइ ३.० सहित उपलब्ध छ ।

रियलमी ९ प्रोे+ ५जी, रियलमीको मिड–रेन्जमा रहेको फ्ल्यागशिप क्यामेरामा उद्योगमा उपलब्ध खण्डहरुमा अग्रणी सुविधाहरुले भरिपूर्ण छ । आफ्नो खण्डमा सोनी आइएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो र विश्वमै मिडिया टेक डाइमेन्सिटी ९२० ५ जी प्रोसेसर भएको सिमित स्मार्टफोनहरु मध्ये एक हो ।

९० हर्जको सुपर एमोलेड डिस्प्लेको विशेषता रहेको यो मुटुको गति सेन्सरसहितको इन–डिस्प्ले फिंगरप्रिन्ट फिचर गर्ने नेपालको पहिलो स्मार्टफोन पनि हो ।

रियलमी ९ प्रोे+ ५जीले ६० वाट सुपरडार्ट चार्जिङको साथमा ४५०० एमएएच ब्याट्री सपोर्ट गर्दछ जसकारण यस स्मार्टफोनलाई १५ मिनेटमै ५०% सम्म चार्ज गर्न सकिन्छ । ठूलो ब्याट्रीको बावजुद, रियलमी ९ प्रोे+ ५जीमात्र ७.९९ एमएमको छ र यसको तौल पनि १८२ जी मात्र छ जसकारण यसलाई रियलमी नम्बर सिरिजकै पातलो स्मार्टफोन बनाउँछ ।

यो स्मार्टफोन तीन मनमोहक रंगहरुमा उपलब्ध छ– सनराइज ब्लू, मिडनाइट ब्ल्याक, अरोरा ग्रीन र तीन स्टोरेज भेरियन्टहरुमा उपलब्ध छ – ६ं१२८जीबी, ८ं१२८जीबी र ८ं२५६जीबी ।

रियलमी ९ प्रोे+ ५जीको मूल्य र बजारमा उपलब्ध हुने मितिः

दराज अनलाइनबाट प्रि बुकिङ गर्ने ग्राहकहरुलाई ६ महिनाका लागि निःशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि उपलब्ध रहेको छ । दराज अनलाइनकाबाट यस स्मार्टफोनको डेलिभरी २२ मार्च देखि शुरु हुनेछ र नेपालभरिका आधिकारिक विक्रेताकोमा पनि सोही मिति देखि उपलब्ध हुनेछ ।

मुख्य हाइलाइटहरु:

क्यामेरा

सोनी आईएमएक्स ७६६ ओआईएस क्यामेरा भएको ५० एम पी ट्रिपल क्यामेरासहित आफ्नो खण्डको पहिलो रियलमी ९ प्रोे+ ५जीमा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, ८एमपीसुपर वाइड क्यामेरा र २एमपी म्याक्रो क्यामेरा रहेको छ ।

आफ्नो खण्डमा सोनी आइएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभल सहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ ।

ड्ड एआई नोइज रिडक्सन इन्जिन ३.०ः रियलमी ९ प्रोे+ ५जीमा एआई नोइज रिडक्सन इन्जिन ३.० ले फोटोहरुमा देखिने झिरझिरलाई ३०% कम गरी सुन्दर तस्बिरहरु खिच्न मद्दत गर्छ ।

प्रोलाइट टेकः फ्ल्यागशिप सोनी आइएमएक्स ७६६ इमेजिङ सेन्सरसँग जोडिएको प्रोलाइट इमेजिङ प्रविधिले उत्कृष्ट प्रकाश सेवनको परिणाम दिन्छ । अप्टिकल इमेज स्टेबिलाइजेसनले हाम्रो एआई नोइज रिडक्सन इन्जिन ३.० जस्ता ब्लर र उन्नत एआई सुविधाहरु कम गर्न मद्दत गर्छ, तपाईंको कम प्रकाशमा खिचिएका तस्बिरहरु विस्तृत देखाउने काम सुनिश्चित गर्दछ ।

डुअल–स्टेबलाइजेसन टेक्नोलोजीः परिष्कृत फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि यस स्मार्टफोनमा रहेको डुअल–स्टेबलाइजेसनले अप्टिकल इमेज स्टेबलाइजेसन र इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसनमामद्दत गर्दछ ।

१६ एमपी सेल्फी क्यामेरा

कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रोे+ ५जीको १६एमपी फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्विरमा सबै व्यक्तिहरु सुन्दर देखिनेछन् । सेल्फी र एचडिआर भिडियोहरुको लागि सुपर नाइटस्केप मोड र पोट्रेट बोकेह मोड पनि रियलमी ९ प्रोे+ ५जीमा रहेको छ ।

आफ्नो खण्डमा दु्रत गतिको ५जीप्रोसेसर, मेडियाटेक डिमेन्सिटी ९२०५जी प्रोसेसर

मेडियाटेक डिमेन्सिटी ९२०५जी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो । छिटो एप रेस्पोन्स र परिष्कृत गेमिङ अनुभव आदिका लागि यो प्रोसेसरले कोर फ्रिक्वेन्सी २.४हर्जदेखि २.५हर्जसम्म पु¥याउँछ । आर्म माली– जी६८ जीपीयुले जीपीयु फ्रिक्वेन्सी बढाउँदै गेमिङ प्रदर्शन ९% ले बढाउँछ ।

सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री

४५००एमएएच् ब्याट्री भएको रियलमी ९ प्रोे+ ५जी स्मार्टफोनलाई ६०वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५०% चार्ज गर्न सकिन्छ र १००% चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ । भीसीभीटी इन्टेलिजेन्ट ट्युनिङ एल्गोरिदम र भीएफसी ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदमको मद्दतले उपयुक्त तरिकाले चाँडै चार्जिङ हुन्छ ।

उद्योग–अग्रणी भेपर च्याम्बर कुलिङ सिस्टम

पाँच लेयर कुलिङ सिस्टम उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जीले मुख्य स्थानमा १०सी तापमान कम गराउने काम गर्छ, ३–लेयरको ग्राफाइट शिटले तापक्रम कम गराउँछ, जी डाइरेक्सनबाट हट स्पट बचाउँछ र तापक्रमलाई एक्सवाइ प्लेनबाट बाहिर निकाल्छ ।

९० हर्ज सुपर अमोल्ड डिस्प्ले

रियलमी ९प्रोे+५जी मा, ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ ।

९०.८% को स्क्रिन–टु–बडी अनुपात र १००० स्नीटमा चमताका साथ यो फोनले उत्कृष्ट दृश्य अनुभव दिन्छ । डिस्प्ले सुरक्षाको लागि कोर्निङ योरिल्ला ग्लास ५ ले पनि यो फोन कभर गरिएको छ ।

ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर सँगै हार्ट रेट डिटेक्सन

रियलमी ९ प्रोे+ ५जीे भारतको पहिलो ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ ।

हार्ट रेट डिटेक्सन नभएको प्रयोगकर्ताहरुको लागि यो उपकरण फाइदाजनक छ । यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ । आफ्नो हृदयको गति ट्रयाक गर्न आठ फरक दृश्यहरु (सामान्य, कार्य, व्यायाम, विश्राम, उत्साह, तनाव, शक्ति र निद्राविहीन) सक्षम बनाएको छ ।

डोल्बी एटमोस डुअल स्पिकर्स

रियलमी ९ प्रोे+ ५जीमा डोल्बी एटमोससँगै डुअल स्पिकरहरु छन् जसले गेमिङ र चलचित्र हेर्दा प्रयोगकर्तालाई अझ प्रिमियम ध्वनि प्रदान गर्दछ ।

स्टोरेज र कलर भेरियन्ट

रियलमी ९ प्रो +५जीे तीन आकर्षक रङ्गहरुमा उपलब्ध छ — (सनराइज ब्लू, मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित तीन भेरियन्टहरुमा उपलब्धछ ।

रियलमी ९ प्रो+५जी का अरु फिचर्सहरु

ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन

रियलमी ९ प्रोे+ ५जीे को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ । सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ ।

रियलमीले डुअल– लेयर फोटोक्रोमिक प्रोसेस शुरु गर्यो र रचनात्मक रुपमा फोटोक्रोमिक लेयर र वास्तविक कम्पोजिट लेयर थप्यो, जसले चिपचिपापन हुन दिदैन र कलर रेन्डरिङ दरलाई ४० प्रतिशतले बढाउँछ । लाईट सिफ्ट डिजाइन रियलमी ९ प्रोे+ ५जीे ब्लु भेरियन्टमा मात्र राखिएको छ ।

रियलमी युआइ ३.० एण्ड्रोइड १२ मा आधारित

रियलमी ९ प्रो+ ५जीे एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हो ।

डाईनामिक रेम विस्तार

रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास ग¥यो, जसले रेमलाई बढाउन रोमलाई भर्चुअल रेम परिणत गराउँछ । रियलमी ९ प्रो+ ५जी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य रेममा ५ जिबीसम्म डाईनामिक रेम थप्न सकिन्छ ।

रियलमीको बारेमा

टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ ।

युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसारः भारतीय बजारमा ५जी ल्याउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स ५० प्रो जी र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष ५ जी स्मार्टफोन ब्रान्ड बनेको छ ।

रियलमीले १ ५ टी रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।

थप जानकारीको लागि कृपया www.realme.com/np/ सम्पर्क गनुहोस् ।