
‘रेड स्क्वायर’ नाम चिनिने मध्य लन्डनको बेलग्रेभिया क्षेत्रमा ईटन स्क्वायरमा पाँच तले भवन छ । सो भवनमा टेनिस कोर्टदेखि निजी बगैँचा छ । तर यो मस्कोको प्रसिद्ध रेड स्क्वायरको सामुु केही पनि होइन । तर, यी दुवै स्थानमा एक विशेष कुरा के छ भने यहाँ ठूलो संख्यामा रुसी बस्छन् ।
विगत १ दशकभन्दा अघि देखि रुसीहरुले इटन स्क्वायर सहित कयौँ नजिकको क्षेत्रमा कयौँ लाख डलरको सम्पत्ति किनेका छन् । बेलग्राभिया मार्चको मध्यमा रुसी पैसाको विरुद्धमा लन्डनमा प्रदर्शनको केन्द्र बनेको थियो । प्रदर्शनकारीको एक समूहले बेलग्रेभ स्क्वायरको नम्बर ५ भवन कब्जा गरेका छन् । यो १ करोड डलरको सम्पत्ति ओलेग देरिपस्कासँग जोडिएको छ ।
उनको पनि भ्लादिमिर पुटिनसँग सम्बन्ध रहेको छ । यो सम्पत्ति राख्न बेलायती सरकारकातर्फबाट सहमति पनि दिइएको थियो । यो आलिशान बंगलाको भ्यालबाट एक प्रदर्शनकारीले आफूले यो भवन युक्रेनबाट आएका शरणार्थी राख्नका लागि प्रयोग गर्ने रिपोर्टरलाई बताएका छन् । एक युवाले भने,‘यो सम्पत्ति युक्रेनी शरणार्थीलाई दिइयोस् ।’
बेलायतको कानुनी प्रणाली थियो वास्तविक कारण
भ्रष्टाचारविरोधी संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलले बेलायतको सम्पत्तिमा कमसेकम १.५ अर्ब पाउन्ड अर्थात् २ अर्ब डलरको पहिचान गरेको छ, जुन रुसीसँग सम्बन्धित छ । उनीहरुसँग सम्पत्ति कहाँबाट आयो भन्ने कुनै कारण नै छैन । साथै यो सम्पत्तिको रुससँग सम्बन्धित गरिएको छ ।
तर, रुसी अर्बपतिहरुले केवल लन्डनमा मात्रै होइन प्रिमियर लीग फूटबल जस्तै चेल्सी एफसी, स्कटल्यान्डमा ठूलो सम्पत्ति र यहाँसम्म कि लन्डन इभिनिङ स्ट्यान्डर्ड जस्ता मीडिया आउटलेट पनि किनेका छन्
लन्डनग्रयान्डःफ्रम रसिया विथ केस, द इनसाइड स्टोरी अफ द ओलिगाक्र्स’ का लेखक मार्क हलिङग्सवर्थले भनेका छन्,‘यी सबैको सुरुवात १९९० को दसकको अन्त्यमा भएको थियो ।’ निजीकरणका साथै धेरै पैसा कमाएपछि केही धनीवर्ग जस्ता मिखाइल खोदोरकोव्स्कीले आफ्नो पैसा रुसबाट बाहिर निकाल्न चाहन्थे । किनकी उनीहरुलाई दुःख दिन सकिन्थ्यो ।
‘यसैले उनले आफ्नो सम्पत्ति विदेशी कम्पनी, विदेशी कोषमा स्थानान्तरण गर्न सुरु गरे । यही प्रक्रियामा उनको सम्पत्ति लन्डन पुग्यो । उनले यहाँ सम्पत्ति किने, लगानी गरे र बैंक खातामा पैसा राखे,’ मार्कले बताएका छन् । जानकारका अनुसार रुसी कुलिनको प्रवाह २ पटक ठूलो संख्यामा भएको थियो ।
पहिलो पटक १९९०मा जब बोरिस येल्नसिनको सरकारको अवधिमा ठूलो सरकारी स्वामित्व भएका कम्पनीको मुनाफाको सट्टा केही छनौटमा परेका धनीलाई कम मूल्यमा बिक्री गरिएको थियो । दोस्रो पटक भ्लादिमिर पुटिनको सम्पर्कको माध्यमबाट उनीहरुको लगानीलाई बढाइयो ।
२००० को दसकको सुरुवातमा कयौ कुलिनलाई पुटिन सरकारद्वारा सताउने डर थियो । यसमा खोदोरकोव्स्की जस्ता मानिस थिए । उनी रुसकै सर्वाधिक धनी व्यक्ति थिए र फोब्र्सका अनुसार विश्वका सबैभन्दा धनी मानिसको सूचीम पनि पर्थे । तर १९९० को दसकमा उनी कर छलेको आरोपमा परे र उनको सबै शक्तिले काम गर्न सकेन ।
लगभग १ दसक जेलमा बिताएपछि खोदोरकोव्स्की निर्वासनमा गए । उनका अनुसार आफु पुटिनको नेतृत्वमा काम गर्ने भ्रष्ट अधिकारीको शिकार भएका हुन् । मार्क हालिङग्सवर्थ भन्छन्,‘राजनीतिक उत्पीडनबाट बच्नका लागि ओलिगार्कले लन्डनमा आफ्नो नयाँ थलो बनाए र यो पैसा सबैभन्दा सुरक्षित रुपमा राख्ने भएको उनले पाए ।’ –एजेन्सी















प्रतिक्रिया