६ कार्तिक २०८३, शुक्रबार

बेनेलीको सोझै “२५ हजार क्यास डिस्काउन्ट” अफरको घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेन अन्तर्गत “सोझै २५,००० क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५,००० सम्मको नगद छुटको घोषणा गरेको छ । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नुहुनेछ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ ।

ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लसर टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५०सीसीदेखि ७५२सीसी सम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।

नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा (टीएनटी१५) आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र इएफआई (इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ, १८० एस आक्रामक तर आरामदायी छ, टीआरके २५१ प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि यसको डिजाइन गरिएको हो, र अन्त्यमा ७५२एस जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ ।

बेनेलीले भर्खरै ९४ किलो तौल सहित थुप्रै सुविधाहरु रहेको पानएरिया १२५ नेपालमा उपलब्ध गराएको छ । बेनेलीको सुझावमा यसका उत्पादनहरुको आफैं टेस्ट राइड गरेर परिक्षण गर्नुहोस् र यसमा रहेको फरक अनुभूति लिनुहोस् ।

नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लाििग विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७,००० भन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ ।

६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि. नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।

बेनेलीको बारेमा

पियोर प्यासन सिन्स १९११ । बेनेली यो भन्दा अझ धेरै हो । ११० वर्षभन्दा धेरै अघि देखि ग्राउन्डब्रेकिङ मोडलहरु मार्फत लिजेन्डरी बन्दै, प्रविधिमा परिष्कृत भइ विश्व प्रसिद्ध राइडरहरुको पहिलो रोजाइ बनेको बेनेली सबैभन्दा पुरानो २ इटालियन मोटरसाइकल ब्रान्डहरु मध्ये एक हो ।

बेनेलीले स्ट्रिट बाइक र डर्ट बाइक मात्र हैन, बलियो र स्पोर्टी प्रिमियम, बिग–बोर स्पोर्ट र न्याकेड बाइकहरु पनि उत्पादन गर्दछ । बेनेली मोटरसाइकल र स्कुटरहरु राइडरहरुको विभिन्न आवश्यकताहरु पूर्ति गर्दै राइडिङ अनुभव र सुरक्षा पनि प्रदान गर्दछ ।

यिनीहरुले फर्म र फंक्सनको संयोजनको पनि प्रतिनिधित्व गर्दछ । बेनेली मोटरसाइकल र स्कुटरहरुको प्रदर्शन उत्कृष्टता भन्दा धेरै छ । हामी बेनेली मार्फत ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दछौं ।