७ कार्तिक २०८३, शनिबार

चुनावको संघारमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अर्थ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत। चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी शुक्रबारदेखि नेपालको तीन दिने भ्रमण गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालयले उनको भ्रमण तालिका सार्वजनिक गरिसकेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, समकक्षी नारायाण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विदेशमन्त्री वाङको भेटवार्ता तय भइसकेको छ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विशेष भेट गर्ने पनि बताइएको छ।

चुनावको मुखमा वाङको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। योसँगै भर्खरै नेपालको सदनबाट अमेरिकी आर्थिक सहायता परियोजना (एमसीसी) विवादीत अवस्थामा नै पारित हुँदा वाङको भ्रमणको अर्थ हुने उच्च अधिकारी बताउँछन्।

एमसीसी प्रकरणमा चीन र अमेरिका आमनेसामने आएका थिए। कुटनीतिसम्बन्धी एक विज्ञ भन्छन्,‘नेपालको राजनीतिक अवस्था चीन र अमेरिकाका लागि महत्वपूर्ण हुन्छ। चीन यहाँ बाम शक्तिको सहकार्य होस् भन्ने चहाना राख्छ।’

वाङको भ्रमण आगामी चुनावमा पहिला जस्तै बाम शक्ति एक भएर जाओस् भन्ने चाहनामा रहेको छ। उसले नेकपा विभाजन रोक्नका लागि पनि निक्कै प्रयत्न गरेको थियो। ‘अहिले विश्व राजनीतिको विभाजित अवस्था र यहि बेला नेपालमा विवादीत एमसीसी पास गरिएको विषयबारे अझ गहिरोगरी बुझ्नका लागि चिनियाँ विदेशमन्त्रीको भ्रमण भएको हो’, उच्च स्रोतले भन्यो,‘उनले नेपालमा कुन नेतालाई कति महत्वका साथ कुराकानी गर्छन् भन्ने विषयले चीनको चाहना के छ भन्ने खुल्छ। तर, यो भ्रमण अर्थपूर्ण हुनेछ।’

चीनका राजनीतिक र प्रशासनिक भ्रमण मध्य यो उच्चस्तरीयमा पर्दछ।