२ कार्तिक २०८३, सोमबार

जापानसँग शान्ति सन्धि गर्ने सहमतिबाट बाहिरियो रुस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसको परराष्ट्र मन्त्रालयले जापानसँग शान्ति सन्धि गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएकाले रुस सम्झौताबाट बाहिरिएको हो ।

‘वर्तमान परिस्थितिमा जापानले खुला रूपमा अमैत्रीपूर्ण अडान लिएको र हाम्रो देशको हितलाई क्षति पुर्‍याउने प्रयास गरेको भएर उससँग शान्ति सन्धिका लागि सम्झौता गर्ने हाम्रो उद्देश्य छैन,’ परराष्ट्र मन्त्रालयले जनायो ।

गत साता जापानले मस्कोको व्यापार हैसियत खारेज गर्ने तथा रुसी व्यक्तिहरूको सम्पत्ति रोक्कालाई थप विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो ।

रुस र जापानले दोस्रो विश्वयुद्धदेखिको शत्रुतालाई आधिकारिक रूपमा अझैसम्म अन्त्य गरेका छैनन् किनकि होक्काइदोभन्दा उत्तरका टापुसमूहका विषयमा विवाद कायम छ । शान्ति सन्धिबाट बाहिरिने रुसको निर्णयलाई जापानको प्रधानमन्त्री फुमियो किशिदाले आलोचना गरेका छन् ।-एजेन्सी