६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंकद्वारा विद्यालय, वृद्धाश्रम तथा अस्पताललाई आर्थिक सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सिटिजन्स बैंक इन्टरनेशनलले विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको १५औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पताललगायत संघसंस्थाहरूमा आर्थिक सहयोग गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कुल नौ लाख रूपैयाँ सहयोग गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले आगामी वैशाख ७ गते १५औं वार्षिकोत्सव मनाउँदै छ ।

यसअन्तर्गत बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोटस्थित बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल हाईस्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिरलाई प्रति विद्यालय ५० हजार रूपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ ।

साथै जुम्लाको जनता माध्यमिक विद्यालय (प्राविधिक धार)लाई एक लाख रूपैयाँ र हुम्लाको लालिगुँराश मावि, कोट मावि तथा हिमज्योति माविलाई प्रतिविद्यालय ३३ हजार ३३३ रूपैयाँ सहयोग गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैंकले हुम्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेतको साझा घरलाई प्रतिसंस्था ५० हजार रूपैयाँ हस्तान्तरण गरेको छ । यो सहयोगले त्यहाँ रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा बेवारिसे, मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुनःस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने विश्वास बैंकको छ ।

साथै बैंकले डोल्पाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई ५०/५० हजार रूपैयाँ सहयोग गरेको छ ।