काठमाडौं, ८ वैशाख । पश्चिम नेपालका जिल्लामा मंगलबार साँझ भुकम्प गएको छ ।
मध्यपश्चिमाञ्चलको जाजरकोटलाई केन्द्र बनाएर भूकम्प गएको हो । जाजरकोटको उत्तरी क्षेत्र भीमे गाविसलाई केन्द्रविन्दु बनाएर आज साँझ दुई पटक भूकम्प गएको बताइएको छ । भुकम्पको धक्का सुदूरपश्चिम तथा पश्चिमाञ्चलका जिल्लासम्म महसुस गरिएको छ ।
साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ रिक्टर स्केलको पहिलो भूकम्प र त्यसको ठीक आघा घन्टापछि अर्को सानो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउनुभयो । भूकम्पका कारण के कति क्षति भयो भन्ने जानकारी अहिलेसम्म आइनसकेको उहाँले बताउनुभयो ।
















प्रतिक्रिया