२ कार्तिक २०८३, सोमबार

दिल्लीबाट दोहा उडेको विमान पाकिस्तानको कराची पुगेपछि…

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ७ चैत । भारतको राजधानी नयाँदिल्लीबाट दोहा जान उडेको कतार एयरवेजको विमान अकस्मात पाकिस्तानको कराची पुग्यो । उडानका क्रममा देखिएको प्राविधिक गडबडीका कारण कराचीमा अवतरण गरिएको हो ।

यात्रुलाई सुरक्षित कराची विमानस्थलमा अवतरण गरिएको जनाइएको छ । उडानमा १०० यात्रु रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा समस्या देखिएपछि यात्रुलाई दोहा पुर्‍याउन एयरलाइन्सले अर्को व्यवस्था गरिरहेको छ । विमानको कार्गो कक्षमा धुवा उडेपछि विमान अवतरण गरिएको हो । एयरलाइन्सले घटनामा माफी माग्दै जाँचबुझ भइरहेको जनाएको छ । एयरलाइन्सका दक्षिण एसिया क्षेत्र प्रबन्ध निर्देशक रेमी मेलाईले जाँचबुझपछि घटनाबारे पूरै जानकारी दिइने बताएका छन् । –एजेन्सी