७ कार्तिक २०८३, शनिबार

चिनियाँ विदेशमन्त्री चैत ११ मा नेपाल आउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी चैत ११ गते नेपाल आउने टुंगो लागेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण निश्चित भएको जानकारी दिएको हो ।

उनी परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

चैत १२ परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ता हुने जनाइएको छ ।

उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।

चैत १३ गते उनी स्वदेश फर्किनेछ ।