७ कार्तिक २०८३, शनिबार

निर्वाचन सार्ने षडयन्त्र भइरहेको छः ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत। स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा सत्ता गठबन्धन लागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले शंका गरेका छन्।

सोमबार प्रथम पोलिटव्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध निर्वाचन आयोग समेत परिचालित भएको बताए। ‘सत्ता गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागेको सूचना आएको छ, हामी त्यो षडयन्त्रलाई चिर्न तयार हुनुपर्छ’, ओलीले भने।

अर्कातिर निर्वाचन आयोगले मतपत्र हरियो बनाउने निर्णय अवैज्ञानिक र एमालेविरोधी काम भएको ओलीको आरोप थियो। ‘कित त ब्ल्याक एन्ड ह्वाइट हुनुपर्छ। होइन भने मतपत्रमा कसले के आपत्ति जनाएको थियो र हरियो बनाउने निर्णय भयो?’, ओलीको प्रश्न छ।