
रुकुम, ७ चैत । नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई चेक अनादर मुद्दामा कैद सजाय तोकिएको छ ।
उच्च अदालत सुर्खेतले केही महिनाअघि गरेको फैसलामा ओलीले चेक अनादर गरेको ठहर गर्दै विगो भराउने र एक महिनासम्मको कैद सजाय तोकेको हो ।
रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदिप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७५० विगो तिर्न र एक महिना कैद सजाय तोकेको छ ।
साथै क्षेतीपूर्ति वापत २८ हजार ९५० रुपैयाँ तिर्न पनि अदालतले आदेश गरेको छ । सभापति ओलीको काम गर्ने क्षेत्रको ठेकेदार काम गरेवापत पाउनुपर्ने रकम उल्लेख गरिएको चेक अनादर गरेको भन्दै सुदिप विकले मुद्दा दिएका थिए ।
सोही मुद्दामा अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गरेको हो । ओलीले विकलाई एनआर्इसी एसिया बैंकको चेक दिएको र उक्त खातामा पैसा नभएको ठहर गरेको छ ।
सोही मुद्दाको फैसला गरेको अदालतले २०७८ सालको असोज ७ गते फैसलाको पूर्ण विवरणसहित विकलाई जानकारी गराएको थियो । काँग्रेस सभापति ओली आर्थिक रुपमा बेइमानीको रुपमा चिनिदै आएका छन् ।
केही महिनाअघि सम्पन्न नेपाली काँग्रेसको अधिवेशनको समयमा महाधिवेशन प्रतिनिधि बनाएपछि केही व्यक्तिबाट पचास लाख रुपैयाँसम्म असुलेको आरो उनलाई लागेको थियो ।
फैसलाको पूर्ण पाठ पढ्नुहोस्















प्रतिक्रिया