२ कार्तिक २०८३, सोमबार

सौगात मल्ल, बुद्ध तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । सौगात मल्ल, बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनको सहकार्य रहेको छ ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र २०७९ साल बैशाख १६ गते बाट देशभर प्रदर्शनमा आउनेछ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्र ‘मन्त्र’ टिम, बिभिन्न चलचित्रकर्मी तथा बाक्लो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए। चलचित्र ट्रेलरले दर्शकलाई एक पटक हल सम्म तान्नेमा गुरुङ बिस्वस्त रहेका छन् ।

कार्यक्रममा अभिनेता सौगात मल्लले छायाँकनको क्रममा भएको रमाइलो अनुभव शेयर गरे । आफुले काम गरेको पछिल्लो चलचित्रहरु मध्येमा ‘मन्त्र’ आफुलाई एक दम मन परेको चलचित्र हो सौगातले भने ।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएत रमणीय दृश्यहरु कैद गरिएको छ ।

खिलबहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् । चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ ।

चलचित्रमा सौगात मल्ल, बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, वीर बहादुर लामा, पासाङ्ग टि शेर्पाको मुख्य भूमिका रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

चलचित्रको काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।