४ कार्तिक २०८३, बुधबार

आफ्नो कोठामा टेलिभिजन हेर्न बोलाएर काकाले गरे भतिजीको बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gang rapeपोखरा, ८ चैत । कास्कीको पोखरामा एक युवकले १५ वर्षीय बालिकालाई ललाई फकाई बलात्कार गरेका छन् । आफ्नो कोठामा टेलिभिजन हेर्न बोलाएर पोखरा १५ का १८ वर्षीय कुमार गुरुङले भतिजी साइनो लगाउँदै मिठाइ खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवारको उजुरी अनुसार गत वैशाख ५ गते बेलुका बालिकालाई टिभी हेर्न आफ्नो कोठामा बोलाएर गुरुङले मिठाइ खुवाएर बलात्कार गरेका थिए ।

प्रहरीले बलत्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।