६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अब अनलाइनबाटै कर्जा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । ग्लोबल आईएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने भएका छन् ।

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको छ ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेबसाइटमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने छ ।

बैंकका मुलुकभर २८७ वटा शाखा, २५२ वटा एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा मुलुकबाहिर तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।