२ कार्तिक २०८३, सोमबार

अभिनेता पल शाह बलात्कार दोषी रहेको राय तयार

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत। नाबालिग गायिकासँग शारिरीक सम्पर्क राखेका कारण बलात्कार भएको ठहर गर्दै अभिनेता पल शाहविरूद्ध तनहुँ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई कारबाही गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

पछिल्लो पटक अनुसन्धानका लागि ५ दिन म्याद थप भएको थियो। देवानी संहिता, पीडित पक्षको उजुरीमा गरिएको दाबी, अनुसन्धानमा फेला पारिएका दशी प्रमाणका आधार तथा विभिन्न चरणमा सबै पक्षसँग लिइएको बयानसहितको राय प्रतिवेदन प्रहरीले बुझाउन लागेको हो।

अनुसन्धानका क्रममा सुटिङमा गायिका र पल शाह गैंडाकोटको एक रिसोर्टमा बसेको पनि पुष्टि भएको छ। गायिका १०१ र शाह १०२ मा बसेको तथा राती जबरजस्ती गरेको भन्ने आधारसहितको अनुसन्धान भएको प्रहरी अधिकारी बताउँछन्।

मुद्दा चलाउनका लागि गायिका र शाहबीच भएको म्यासेज आदानप्रदान, कल रेकर्डलाई पनि प्रमाणका रुपमा पेस गरिएको छ।