१ कार्तिक २०८३, आइतबार

महिनावारी हुँदा किशोरीहरुमा किन बढी पीडा हुन्छ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महिनावारी हुँदा अधिकांश महिलाहरुको पेट दुख्ने गर्छ। प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कसैलाई धेरै रक्तस्राव हुन्छ भने कसैलाई कम रक्तस्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। विज्ञका अनुसार झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।

किशोरी अवस्थामा महिनावारी हुँदा डिम्बासय पूर्णरूपमा विकास भएको हुँदैन। त्यसैले गर्दा किशोरीहरुमा महिनावारीका बेला पेट बढी दुख्ने गर्छ। यो समयमा उनीहरुमा अन्य विभिन्न समस्याहरु पनि आउनसक्छन्।

किशोरीहरूमा हर्मोनमा उतारचढाव हुने भएकाले उनीहरूले महिनावारीको समयमा बढी पीडा सहनुपर्छ।

किशोरीमा छिटो मुटुको धड्कन, जलन हुने, महिनावारीको समयमा धेरै दुख्ने जस्ता समस्या देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ। समस्या बारम्बार दोहोरिरहन्छ भने यसलाई सामान्यरुपमा लिन नहुने स्त्री रोग विशेषज्ञहरु बताउँछन्।

महिनावारीको समयमा गहिरो दुखाइ हुन्छ भने अन्य रोगको एक लक्षण पनि हुनसक्छ। त्यसैले समयमै सम्बन्धित चिकित्सकसँग मरामर्श लिनुपर्ने हुन्छ।

पीडा धेरै भइरहेको छ भने आराम गर्नुपर्छ। पीडा कम गर्न तातो झोलिलो पदार्थ खाने र तातु वस्तुले तल्लो पेटमा सेक्न सकिन्छ । तातो खानेकुरा खाँदा पीडा कम हुन्छ । महिनावारी भएका बेला शारीरिक व्यायाम गर्दा पनि दुखाई कम गराउन सकिन्छ।

दुखेको ठाउँमा हलुका मालिस गर्न पनि सकिन्छ। यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानुपर्छ। महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसो गर्दा इन्फेक्सन हुने संभावना कम रहन्छ।- एजेन्सी