२ कार्तिक २०८३, सोमबार

चीनका एक अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा एक अर्ब २४ करोडलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अर्ब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।

त्यसैगरी सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उहाँको भनाइ छ ।

पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् ।–रासस