
युक्रेनका राष्ट्रपति भोलोदेम्येर जेलेनेस्कीले ढिलो नगरी रूससँग अर्थपूर्ण शान्तिवार्ता गर्नुपर्ने बताएका छन्। रूसको गल्तीका कारण सिर्जित क्षतिलाई कम गर्नका लागि वार्तामात्रै एउटै माध्यम रहेको उनले बताए।
”रूसले आफ्नै गल्तीका कारण पुर्याएको क्षति कम गर्ने एउटै उपाय वार्ता हो,” भिडियो सम्बोधनमा उनले भने,”यो भेट्ने समय हो। यो वार्ताको समय हो। युक्रेनको भौगोलिक अखण्डता र न्याय फर्काउने समय हो।”
वार्तामा ढिलाइ गर्दाको मूल्य नराम्रो हुनसक्ने चेतावनी पनि उनले दिए। ”अन्यथा, रूसको क्षति यस्तो हुनेछ कि त्यसबाट मुक्त हुनका लागि पुस्तौं लाग्नेछ।”-एजेन्सी















प्रतिक्रिया