२ कार्तिक २०८३, सोमबार

पृथ्वीमा भिडिरहेका रुस र अमेरिका अन्तरीक्षमा सँगै काम गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसले पूर्वी युरोपेली राष्ट्र युक्रेनमाथि हमला गरेसँगै पश्चिमा मुलुक एकजुट भए। फ्रान्स, जर्मनी, बेलायत, अमेरिका जस्ता देशले एकजुट भएर रुसविरुद्ध आर्थिक नाकाबन्दी लगाए।

अहिले पनि रुस-युक्रेन युद्धमा अमेरिका अहम् भूमिका निर्वाह गर्दैछ। हालै मात्र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई कुनै प्रकारको सहयोग नगर्न चेतावनी दिएका छन्। युद्धको २४औं दिनमा अझै पनि रुस युक्रेनसँग भौतिक र अमेरिका लगायतका मुलुकसँग आर्थिक युद्ध लडिरहेको छ।

तर यो युद्ध पृथ्वीमा मात्र सीमित छ। पृथ्वीबाहिर अन्तरीक्षमा यी दुवै देश मिलेर काम गर्दैछन्। इन्टरनेशनल स्पेस स्टेशन ९आईएसएस०मा शुक्रबार तीन रुसी अन्तरीक्षयात्री अवतरण भए। उनीहरू साढे ६ महिना लामो मिसनमा त्यहाँ गएका हुन्। अन्तरीक्षमा ती तीन यात्रीलाई चार अमेरिकी, दुई रुसी र एक जर्मन नागरिकले स्वागत गरेका थिए।

आईएसएस अमेरिका, रुस र अन्य मुलुकको २३ वर्षीय साझेदारी हो।

यसअघि बिहीबार मात्र अमेरिकी अन्तरीक्षयात्री मार्क भान्डे हेइलाई रुसी अन्तरीक्षयानले पृथ्वीसम्म ुलिफ्टु दिएको थियो। रुस-अमेरिकाबीच तनाव बढिरहँदा मार्क अन्तरीक्षमै छुटिने हुन् कि भन्ने संशयका बीच उनलाई रुसी यानले पृथ्वीसम्म ल्याएको हो।- एजेन्सी