१ कार्तिक २०८३, आइतबार

परेनन् इटालीको टोलीमा बालोटेली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । फरवार्ड मारियो बालोटेली इटालीको राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका छन् ।प्रशिक्षक रोबर्टो मान्सिनीले विश्वकप छनोटको प्ले अफ अन्तर्गत नर्थ म्यासेडोनियासँग खेल्नका लागि घोषणा गरेको टिममा बालोटेली नपरेका हुन् ।

सन् २०१८ पछि पहिलो पटक उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। उनले अन्तिम पटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।

३१ वर्षीय बालोटेली अहिले टर्कीको एडना डेमिरस्पोरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन् । –एजेन्सी