७ कार्तिक २०८३, शनिबार

मकवानपुरमा बस दुर्घटनामा २ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ४ चैत । मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।