१ कार्तिक २०८३, आइतबार

नेपाललाई यूएईले दियो १६९ रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । युएईले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईबाट १६९ रनको लक्ष्य पाएको हो ।

टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो । नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।