सप्तरी ८ वैशाख । सप्तरीको तैरोहता गाविस–५ स्थित नयाँ बस्तीका नरेश राईले श्रीमती हत्या गरेको आरोपमा आज जेल चलान भएका छन् ।
गत चैत १० मा मादकपदार्थ सेवन गरी राईले ३५ वर्षीया श्रीमती सन्तोषी राई (चौधरी) लाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
पक्राउ परेका राईविरुद्ध हत्या मुद्दा लागेपछि जिल्ला अदालत राजविराजका न्यायाधिश तेजनारायण पौडेलको इजलासले अभियुक्त राईलाई पूर्पक्षकालागि सप्तरीस्थित कारागारको थुनामा राख्ने आदेश दिएको हो । रासस















प्रतिक्रिया