
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भनाभन भएको छ ।
बालुवाटारमा बिहीबार बिहान उनीहरुबीच चुनावबारे सवाल जवाफ भएको हो ।
प्रचण्डले प्रधानमन्त्री समक्ष स्थानीय तहको निर्वाचनको तयारी गरिएको र चुनाव नहुने हल्ल चलेको भन्दै जिज्ञासा राखेका थिए ।
उनीहरूबीचको छलफलमा अझैपनि निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्रीसँग भेटवार्ता गरेर रुपन्देही पुगेका प्रचण्डले प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा यस्तो खुलासागरेजा छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित भएको भेटमा प्रधानमन्त्री देउवाले भने यस्तो हल्ला भइरहने तर निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएको जनाइएको छ ।















प्रतिक्रिया