– सुमन घिमिरे
मोरङ, ८ बैशाख । बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सञ्चारकर्मी भुमिका महत्वपुर्ण हुने मोरङको पथरीमा आज आयोजित एक कार्यक्रम सहभागिहरुले बताएका छन् ।
मुलुकभित्र बढ्दो वेरोजगारी समस्याले वैदेशिक रोजगार वेरोजगार नेपाली युवाहरुको विकल्प बनेकाले त्यसलाई सुरक्षित बनाउन सञ्चारकर्मीले महत्वपुर्ण भु्मिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
ओरेक नेपाल, मोरङको आयोजना र नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरी – शनिश्चरेको सहकार्यमा भएको वैदेशिक रोजगारीमा महिला र संचारकर्मीको भुमिक विषयका अन्र्तक्रिया कार्यक्रममा सहभागीले शुरक्षित वैदेशिक रोजगारका लागि सञ्चारकर्मीको आमजनतामा जनचेतना पुर्याउन सकिने बताइएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्याकं अनुसार नेपालबाट अहिले सम्म ३२ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएको अनुमान गरिएको छ । जसमा श्रम स्वकृति लिएर मात्र २४ लाख युवाहरु विदेश गएको देखिन्छ । नेपालमा ७ सय २३ वटा मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागमा सञ्चालनका लागि स्विकृती लिएका छन् भने ४७ वटा मेनपावरलाई मात्र शाखा कार्यालय सञ्चालनको अनुमति दिइएको छ ।
अस्वस्थ प्रतिस्पर्धा, अनुगमनको अभाव, अनुगमन र कारबाही गर्ने निकाय काठमाण्डौमा मात्र हुनु, वैदेशिक रोजगारमा जान चाहेनहरुले पनि ध्यान दिन नसक्नु जस्ता कारणले नेपालीहरु वैदेशिक रोजगारीका क्रममा ठगिने क्रम बढेको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।
ओरेक नेपालकी परियोजना संयोजक बिमला ढुंगानाले २०७०/७१ को तथ्याकं अनुसार पूर्वको झापाबाट ८.५७ प्रतिशत, मोरङबाट ५.८७ प्रतिशत, सुनसरीबाट ३.७९ प्रतिशत र इलामबाट ३.३१ प्रतिशत महिलाहरु वैदेशिक रोजगारमा गएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारकर्मी हरि कोईराला, रुपेन्द्र शेर्मा, केदार चौहान, दुर्गाप्रसाद खतिवडा लगायतले बोल्नु भएको थियो ।
















प्रतिक्रिया