२९ आश्विन २०८३, बिहिबार

प्रम कोइरालाले भावुक हुँदै भने–सकेको सहयोग गर्छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala-new2काठमाडौँ, १६ जेठ । द्वन्द्वकालमा मारिएका सञ्चारकर्मीका छोराछोरीले शुत्रवार प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गरेका छन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले द्वन्द्वकालमा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको र  द्वन्द्वमा अवोध बालबालिकाको कुनै दोष नभए पनि द्वन्द्वको पीडा भोग्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

द्वन्द्वपीडित बालबालिकाको अवस्था देखेर भावुक हुनुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो–सो घटनामा निर्दाेष देखिएका बालबालिकाको शिक्षादीक्षामा कुनै कमी हुन दिइने छैन ।

द्वन्द्वमा विद्रोही तथा सरकार पक्षबाट मारिएका १६ सञ्चारकर्मीका २८ बालबालिकालाई नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीको संयोजकत्वमा गठित नेपाल चिल्ड्रेन एजुकेसन फन्डले भेटघाटको व्यवस्था मिलाएको थियो ।

फन्डले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ र अष्ट्रेलियन पत्रकार कल्याण कोषको सहयोगमा उक्त बालबालिकाको खर्च जुटाउँदै आएको छ । उक्त फन्डले सन् २००९ देखि ती बालबालिकाको अध्ययनको खर्च व्यहोर्नाका साथै परिवारिक न्यास्रो मेटाउन र विद्यार्थीबीच आपसी मेलमिलाप गराउने हेतुले प्रत्येक वर्ष भेटघाट गराउँदै आएको  निष्ठुरीले बताउनुभयो ।