
काठमाडौँ, २ चैत । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गरेकी छन् ।
मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेख्दै आएकी छन् । उनले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेटघाट गर्दै आएकी छन् ।
मानन्धरले नेकपा एमालेको स्थापना दिवसको अवसर पारेर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तयारी गरेकी हुन् ।















प्रतिक्रिया